Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


जेनजी आन्दोलन: घटनाकाे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन


1.9k
Shares

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गतेको घटनाकाे बारेमा अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ।

सिंहदरबारमा आइतबार बसेकाे मन्त्रिपरिषद बैठकले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग बनाएको हो। समितिमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानूनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन्। समितिलाई ३ महिनाको समय दिइएको गृहमन्त्री ओमप्रकाश शर्माले जानकारी दिनुभयाे ।

जेनजी आन्दोलनका क्रममा सरकारका तर्फबाट अत्यधिक बल प्रयोग गरी भीषण हत्या भएको थियो। साेही दमनको विरोधमा जेनजीले भदाै २४ गते देशैभरी तोड्फोड र आगजनी भएको थियो।