Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


लुम्बिनी तन्दुरी संघद्वारा क्षतिग्रस्त काठमाडाैं उपत्यका प्रहरी कार्यालयलाई सामग्री सहयोग


858
Shares

काठमाडाैं । लुम्बिनी तन्दुरी संघले आगाजनीबाट क्षतिग्रस्त भएकाे काठमाडाैं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आवश्यक पर्ने सम्पूर्ण सामग्री सहयोग गरेकाे छ ।

संघले शनिबार जेनजी युवाले गत भदाै २३ र २४ गते गरेकाे आन्दोलनका क्रममा भएको आगजनीबाट क्षतिग्रस्त भएको कार्यालयको मेस सञ्चालनका लागि साेही सामग्री सहयोग गरेकाे जनाएकाे हाे । आगजनीका कारण प्रहरीहरुका लागि सञ्चालन गरेको मेस क्यान्टिन पूर्णरुपमा जलेर ध्वस्त भएपछि त्यसको सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री संघले उपलब्ध गराएको छ।

संघका उपाध्यक्ष सुरज पोखरेलले २ सय ६४ जन प्रहरीलाई मेस सञ्चालनका लागि आवश्यक पर्ने सामग्री आफूहरुले उपलब्ध गराएको जानकारी गराउनुभयाे । उहाँले यस्ताे विपती परेको समयमा सहयोग गर्नु सबैको दायित्वभित्रै पर्ने भएका कारण यस्तो अवस्थामा सबै पक्षले सक्दो सहयोग गर्न आवश्यक रहेको उपाध्यक्ष पोखरेलको भनाइ छ ।

संघले मेस सञ्चालनका लागि आवश्यक पर्ने भाडा-कुडा ग्याँस र चुलो लगायतका सामग्री प्रहरी नायव महानिरीक्षक ओम रानालाई हस्तान्तरण गरेको हो ।