Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


रूसी सेनाले युक्रेनमा हवाई आक्रमण गर्दा ३ जनाको मृत्यु, १३ घाइते


442
Shares

एजेन्सी । रुसी सेनाले युक्रेनकाे डनिप्रोपेत्रो भस्क क्षेत्रमा हवाई आक्रमण गर्दा ३ जनाको मृत्यु भएको छ ।

साेही आक्रमणमा परी १३ जना घाइते भएकाे युक्रेनका अधिकारीहरूले बताएका हुन् । जस मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । क्षेत्रीय सैनिक प्रशासनका प्रमुख सेर्गी लिसाका अनुसार रूसले ड्रोन र क्षेप्यास्त्र प्रयोग गरी शुक्रबार राति आवासीय क्षेत्रहरूमा आक्रमण गरेको थियो । जसबाट भवनहरूमा क्षति पुग्नुका साथै आगलागी समेत भएको छ ।

युक्रेनरी हवाई आक्रमणको सतर्कता जारी गरिएको छ । राजधानी किभ वरपरका क्षेत्रमा पनि आक्रमण भएको हाे । किभ क्षेत्रीय सैनिक प्रशासन प्रमुख मिकोला कालाशनिकले सत्रु पक्षले आत्मघाती ड्रोन र क्षेप्यास्त्र प्रयोग गरी शान्तिपूर्ण बस्तीहरूलाई निशाना बनाएकाे बताउनुभयाे ।

रुसी अधिकारीहरूले युक्रेनी सेनाले भोल्गोग्राद र रोस्तोभ क्षेत्रमा ठूलो स्तरको हमला’ प्रयास गरेको तर त्यसलाई सफलतापूर्वक रोकिएको दावी गरेका हुन् । साथै, साराटोभ क्षेत्रमा एक जना सामान्य रूपमा घाइते भएको जनाइएकाे छ ।