
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसहित २३ वटा देशलाई प्रमुख लागूऔषध ट्रान्जिट तथा अवैध लागूऔषध उत्पादक देशका रूपमा सूचीबद्ध गर्नुभएकाे छ।
उहाँले सदनमा पेश गरेको ‘प्रेसिडेन्सियल डिटरमिनेशन’ मा साेही देशलाई प्रमुख लागूऔषध ट्रान्जिट तथा अवैध लागूऔषध उत्पादक देशका रूपमा सूचीबद्ध गर्नुभएकाे हाे। यी देशहरू मध्ये चीन, अफगानिस्तान, भारत र पाकिस्तान पनि परेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकामा अवैध लागुऔषध व्यापारबाट उत्पन्न खतरालाई परास्त गर्ने दृढता व्यक्त गर्नुभएकाे हाे ।
सूचीमा रहेका अन्य देशहरूमा बहामास, बेलिज, बोलिभिया, म्यान्मा, कोलम्बिया, कोस्टारिका, डोमिनिकन रिपब्लिक, इक्वेडर, एल साल्भाडोर, ग्वाटेमाला, हाइटी, होन्डुरस, जमैका, लाओस, मेक्सिको, निकारागुआ, पनामा, पेरु र भेनेजुएला समावेश भएका छन् ।
राष्ट्रपति ट्रम्पकाे निर्णयमा अफगानिस्तान, बोलिभिया, म्यान्मा, कोलम्बिया, भेनेजुएलाले विगत १२ महिनामा अन्तर्राष्ट्रिय मादक पदार्थ विरोधी सम्झौता अन्तर्गतका दायित्व पूरा नगरेको र आवश्यक सुधारात्मक कदम चाल्न असफल भएको प्रष्ट रूपमा उल्लेख गरिएको हाे ।
प्रतिक्रिया दिनुहोस्