
काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरुको शोकमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।
सिंहदरबारसहित सरकारी कार्यलय, कुटनीतिक नियोगहरुमा राखिएको राष्ट्रिय झण्डा बुधबार आधा झुकाइएको हो । सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेकाहरुमा शोक व्यक्त गरिएको हो । सरकारले शोक दिवसमा बुधबार सार्वजानिक बिदा समेत दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषदकाे बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको शोकमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको थियो । सरकारले यसअघि नै जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्