
काठमाडौं । जेनजी युवाको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
पशुपति आर्यघाटमा मंगलबार गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्याल र ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुलमान घिसिङले मृतकको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका हुन् । मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित शव आर्यघाट पुर्याएका थिए । आर्यघाटमा मृतकका शवलाई सुरक्षा निकायले सलामीसहित सम्मान पनि गरेको छ ।
सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेको थियो । सोही बमाेजिम मंगलबार मृतकहरूको सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्