Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


जेनजी आन्दोलन: मृतक प्रहरीका परिवारलाई १० लाख रूपैयाँ दिने


416
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

प्रहरी प्रवक्ता विनोद घिमिरेले सोमबार एक सूचना जारी गर्दै उनीहरुलाई आईजीपीदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरेर उक्त राहत रकम दिन लागिएको बताउनुभएको हो। यहि भदौ २३ र २४ गते जेनजीको आन्दोलनका क्रममा ३ जना प्रहरीको मृत्यु भएको थियो ।

अन्य केही प्रहरी समेत घाइते भएको प्रहरीले बताएको छ ।