
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भाैतिक तथा शहरी विकास मन्त्री कुलमान घिसिङले साेमबार पदभार ग्रहण गर्नुभएकाे छ।
पदभार ग्रहण गर्दै उहाँले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंकलाइनको को बक्यौता रकम उठाउने पहिलो निर्णय गर्नुभएकाे हाे । मन्त्री घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता रकम उठाउने विषयमा सरकारसँग विवाद हुँदै आएको थियो ।
बक्यौता उठाइछाड्ने निर्णयमा पुगेका तत्कालीन कार्यकारी निर्देशक घिसिङलाई सरकारले हटाउनेसम्मको निर्णय गरेकाे थियाे। घिसिङलाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत्रमा प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको थियो ।
अहिले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य रहनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्