Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


नवनियुक्त ऊर्जामन्त्री घिसिङसहित ३ जना मन्त्रीले लिए सपथ


1.2k
Shares

काठमाडौं । नवनियुक्त ३ जना मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पाैडेलले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई एवं भाैतिक र शहरी विकास मन्त्री कुलमान घिसिङ, गृह तथा कानून मन्त्री ओम प्रकाश अर्याल र अर्थमन्त्री रामेश्वर खनाललाई राष्ट्रपति कार्यालय शीतल निवासमा साेमबार एक समाराेहकाबीच शपथ ग्रहण गराउनुभएकाे हाे । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ घिसिङ, अर्याल र खनाललाई मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

सपथग्रहण समाराेहमा सर्वाेच्च अदालतक प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री डा.बाबुरामा भट्टराई, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल सरकारका मुख्य सचिव एक नारायण अर्याल र सुरक्षा निकायमा प्रमुखसहित उच्च व्यक्तित्वकाे सहभागीता रहेकाे थियाे ।

ऊर्जामन्त्रीमा नियुक्त घिसिङ यसअघि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनिसक्नुभएको हो। त्यस्तै, गृहमन्त्री अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको कानूनी सल्लाहकार हुनुभएको थियो । अर्थमन्त्रीमा नियुक्त खनाल पूर्वअर्थसचिव समेत बन्नुभएको थियाे ।