
काठमाडाैं । जेन–जी आन्दोलनका कारण देशको जटिल परिस्थितिलाई ध्यानमा राख्दै त्रिभुवन विश्वविद्यालयले केही दिनका लागि पठनपाठन स्थगित गरेको छ।
विश्वविद्यालयले क्रेडिट आवर पूरा गर्ने उद्देश्यअनुसार हिउँदे विदा कटौती गर्दै भदौ २९, ३०, ३१ र असोज १, २, ५ तथा कार्तिक ९ गतेका दिन विश्वविद्यालयमा हुने सबै पठनपाठन स्थगित गरिएको जनाएको छ।
विश्वविद्यालयको सूचना अनुसार, देशको राजनीति अवस्था सामान्य भए कार्तिक ११ गतेबाट नियमित पठनपाठन फेरि सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्