Logo २५ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025


जेनजी आन्दोलनमा अपडेट: मृत्यु हुनेकाे संख्या २५ जना पुग्याे, ६ सय ३३ घाइते


0
Shares

काठमाडौं । जेनजी आन्दोलनमा हालसम्म हालसम्म २५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरीका विभिन्न अस्पतामा हालसम्म ६ सय ३३ जना घाइते भर्ना भएका र त्यसमध्ये ३ सय ८७ जना डिस्चार्ज भएकाे जनाएकाे हाे । घाइते भएका मध्ये ५० जनालाई अन्य अस्पतालमा भर्ना गरिएको मन्त्रालयले जानकारी दिएको छ । हाल अस्पतालमा १ सय ९६ जना भर्ना भएका छन् ।

दुई दिनअघि देशव्यापी भएको प्रदर्शनमा राजधानीकाे नयाँ बानेश्वरमा रहेको सिभिल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर लगायत अस्पतालमा घाइतेको चाप बढेको थियो । जसका कारण अन्य बिरामीको स्वास्थ्य सेवा प्रभावित समेत भएको थियो । यता पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले मंगलबारदेखि ओपीडीमा कम बिरामी आएकाे बताउनुभयाे ।

पाटनमा जेनजी प्रदर्शनका क्रममा घाइते भएका ३३ जनालाई व्यवस्थापन गरिएको उहाँकाे भनाइ छ । साेही अवधिमा करिब ६ देखि ७ जना बिरामीको सफल शल्यक्रिया समेत भइसकेको उहाँले बताउनुभयाे।

उता जेनजी प्रदर्शनमा घाइते भएका ६७ जना राष्ट्रिय ट्रमा सेन्टरमा उचाररत छन् । मंगलबारको प्रदर्शनमा ४० जना घाइते उपचाररत छन् । जसमा ७ जना घाइते अवस्था गम्भीर रहेको राष्ट्रिय ट्रमा सेन्टरले जनाएकाे हाे । स्वास्थ्य अवस्था गम्भीर भएकाहरूको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ ।

त्यस्तै, सोमबार प्रदर्शनमा २७ घाइते पनि सेन्टरमा उपचाररत छन् । सोमबार ट्रमा सेन्टरमा ८ जना घाइतेको मृत्यु भएको थियो । उपचारलाई प्राथमिकता दिएर जनशक्ति दोब्बर पारेर ड्युटी गरेर व्यवस्थापन गरिएको जनाइएकाे छ । उता त्रिवि शिक्षण अस्पतालमा ४४ जना घाइते उपचाररत रहेका छन्

जसमा एक जनाको आईसीयूमा ‍उपचार भइरहेको मन्त्रालयले जनाएकाे हाे ।