Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


पशुपति मन्दिरमा अराजक समूह पुगेपछि नेपाली सेना परिचालन


3.9k
Shares

काठमाडौं। पशुपतिनाथ मन्दिर क्षेत्रमा मंगलबार राति अराजक समूह पुगेर ढोकामा तोड्फोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेनाको टोली खटिएको छ।

सैनिक प्रवक्ता राजाराम बस्नेतले सेनाको टोली पशुपति पुगिसकेको बताउनुभएकाे हाे । जेनजी प्रदर्शनकारीका अगुवाहरुले चाहिँ साँझ प्रदर्शनमा घुसपैठ भएको बताएका छन्। जेनजी प्रदर्शनकारीका अगुवाहरुले राष्ट्रपति रामचन्द्र पाैडेलले आह्वान गरेको वार्तामा बसेर समाधान निकाल्ने समेत बताएका हुन् ।

नयाँ परिस्थिति सिर्जना भइसकेको बताउदै उनीहरुले सरकारी सम्पत्तिमा आगजनी नगर्न समेत आग्रह गरेका छन् ।

Skip This