Logo २४ भाद्र २०८२, मंगलबार | Tue Sep 9 2025


जेनजी युवाले कांग्रेसका सभापति देउवा दम्पतीलाई निवासमै कुटे


17.199k
Shares

काठमाडौं । जेनजी युवाहरूले मंगलबार पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटेका छन् ।

उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उहाँकी पत्नी आरजु राणा देउवालाई निवासमै कुटपिट गरेका हुन् । उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले सिंहदरबार, संघीय संसद भवन लगायतका शीर्ष नेताहरूको घरमा समेत आगजनी गरेका थिए ।

साथै उनीहरुले पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर रुपमा तोडफोड र आगजनी गरिरहेका छन् ।