Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


‘प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल बन्दको निर्णय गरे तर आफैं अवज्ञा पनि गरे’


3.8k
Shares

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले बिहीबार २६ वटा सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने निर्णय गरेकाे छ।

सोही अनुसार इन्टरनेट सेवा प्रदायकले धमाधम फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्न शुरु गरिएको जानकारी समेत गराइरहेकाे जनाएकाे हाे । तर, सोही निर्णय गराउने प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसाेसम्म पनि अझै फेसबुकमा आफ्नो गतिविधि जारी नै राख्नुभएकाे छ।

उहाँको स्वामित्वको बालकोट र प्रधानमन्त्री ओलीको सचिवालयकाे फेसबुक पेजमा एमालेको विधान महाधिवेशन सम्बन्धी पोस्ट भएको हो । साेही पोस्टलाई लिएर ‘आफै निर्णय गर्ने आफैं अवज्ञा गर्ने भन्दै कतिपयले प्रश्न समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीकाे स्वामित्वको बालकोट र उहाँको सचिवालयकाे फेसबुक पेजमा नेकपा एमालेको विधान महाधिवेशन सम्बन्धी पोस्ट हेर्नुहाेस् :