
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सूचीकरणको प्रक्रियामा नआएका सामाजिक सञ्जालहरूलाई क्रमश: बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रालयले सर्वोच्च अदालतको आदेश परिपालन गरिएको जनाउँदै क्रमश: बन्द गरिने सूचनामार्फत जानकारी गराएको हाे ।मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा सूचीकरणका लागि नआएका प्लेटफर्महरूलाई नेपाल र भरतमा नचल्ने गरी रोक लगाउन लागिएको हो ।
त्यस्तै, बन्द गरिने सञ्जालहरू सूचीकृत गरिएको खण्डमा पुन: खोलिने पनि मन्त्रालयले जनाएको छ । यहि भदौ ९ गते बसेको मन्त्रिपरिषदकाे बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक हप्ताभित्र सूचीकरण गर्न निर्देशन दिएको थियो ।
साेही म्याद बुधबार रातिबाट सकिएको हाे । तर साेही निर्देशनकाे बेवास्ता गरिएपछि बिहीबार सञ्चार मन्त्रालयले पुन: मन्त्रीस्तरीय निर्णय गर्दै नेपालभरी सूचीकृत नभएका सञ्जालहरू चल्नबाट रोक लगाउने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्