
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सीमा सुरक्षाका बारेमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।
पर्सामा सोमबार आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो । सीमा सुरक्षा, सीमामा हुने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल र नेपालले काम गरिरहेको समेत उहाँले बताउनुभयो ।
ठाउँ-ठाउँमा सीमा सुरक्षाका कुराहरु र सीमामा अपराधजन्य काम नियन्त्रणका लागि सरकारले गहन रुपमा काम गरिरहेको उहाँको दावी छ । नेपाल कुनै पनि देशको सैन्य रणनीतिमा सामेल नहुने पनि उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो,-‘चिनियाँ रणनीतिमा हामी सामेल भएको हो की भन्ने प्रश्न उठाउनुभएको छ । हामी कुनैपनि देशको सैन्य रणनीतिमा सामेल हुँदैनाैं । हामी सबैका मित्र छौँ, कसैसँग शत्रुभाव छैन ।’
गृहमन्त्री लेखकले अपराधजन्य गतिविधिमा आग्रह र पूर्वाग्रह नहुने स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्