Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


रास्वपा नेता पाँडेलाई धरौटीमा रिहा गर्न आदेश


1.1k
Shares

काठमाडाैं ।

साइबर अपराधको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडेलाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौँले २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले पाँडेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनलाई एक महिलालाई इमेल र सामाजिक सञ्जालमार्फत गालीगलौज तथा दुर्व्यवहार गरेको अभियोग लागेको छ।

सरकारी वकिलले विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गरेपछि आजै बयान र बहस सम्पन्न गरी अदालतले निर्णय सुनाएको हो। सामान्यतः यस्ता मुद्दामा भोलिपल्ट मात्र बयान र बहस हुने गर्छ।

पूर्व राष्ट्रिय योजना आयोग सदस्य समेत रहेका पाँडे बुधबार पक्राउ परेका थिए। अदालतले बिहीबार ४ दिनको म्याद थप गरी हिरासतमा राख्न अनुमति दिएको थियो।