१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


उखु किसान बढी अपहेलित भएका छन्: अध्यक्ष यादव (भिडियाेसहित)


182
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले उखु किसान सबै भन्दा बढी अपहेलित भएको दावी गर्नुभएको छ ।

उखु किसानको आन्दोलनमा बिहीबार ऐक्यबेवद्धता जनाउन माईतीघर पुग्नुभएका अध्यक्ष यादवले यस्तो दावी गर्नुभएको हो । उहाँले सरकारले उखु किसानलाई दिनुपर्ने अनुदान तत्काल दिनुपर्नेमा उहाँको जोड छ । अन्नदाता किसानलाई नेपालमा राज्यले सबै भन्दा बढी उपेक्षा गरेको उहाँले आरोप लगाउनुभयो ।

किसानमा पनि उखु किसान अझ बढी पेलानमा परेका अध्यक्ष यादवको भनाइ छ । किसानले उत्पादन गरेको उखु किनेर मिल सञ्चालक धनी हुने गरेको समेत उहाँले बताउनुभयो । तर किसानले समयमा मूल्य नपाउने अवस्था रहेको समेत अध्यक्ष यादवले बताउनुभएको छ । सरकारले उखु किसानलाई तत्काल रकम भुक्तानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष यादवले मिलमा पु¥याएको एक महिनाभित्र उखु किसानलाई मिलवालाले रकम भुक्तानी गर्ने व्यवस्था गर्न पनि सरकारसँग माग समेत गर्नुभएको छ ।

अध्यक्ष यादवले आवश्यक ऐन कानून बनाएर भएपनि किसानको माग पूरा गर्नुपर्नेमा जोड दिनुभयो । वर्तमान नीतिले किसान समस्यामा परेको, गरिबी र बेरोजगार बढेको उहाँको भनाइ छ । सरकारले तोकेको प्रतिक्वीन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध नगराएको भन्दै उखु किसानले माईतीघरमा आन्दोलन जारी राखेका छन् ।

सरकारले उखु किसानलाई दिने अनुदानमा आधा कटौती गरेको छ ।