१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


कोरियाले बनायो विद्यालयमा मोबाइल फोन प्रयोग गर्न नपाउने कानुन


1.352k
Shares

काठमाडाैं । दक्षिण कोरियाले विद्यालयहरुमा मोबाइल फोन तथा स्मार्ट डिभाइसहरु चलाउन नपाउने कानुन पारित गरेको छ ।

अभिभावक तथा शिक्षकहरुले मोबाइल फोन र स्मार्ट डिभाइसका कारण बालबालिका तथा किशोर किशोरीहरुको पढाइमा नकारात्मक असर परेको गुनासो गरेपछि सरकारले प्रतिबन्ध लगाउने गरी कानुन बनाएको हो ।

कोरियाली संसदको भारी बहुमतले बुधवार पारित गरेको विधेयकमा विद्यालयमा स्मार्ट डिभाइस प्रयोगलाई निषेध नै गरिएको छ । स्मार्ट डिभाइसका कारण बालबालिकाको पढाइ चौपट भएको, उनीहरुले साथीसंगी पनि बनाउन छाडेको र फुर्सद पायो कि डिभाइसमै घोप्टो पर्ने समस्याका कारण कानुन नै ल्याउनु परेको त्यहाँको सरकारले जनाएको छ ।

अशक्त र स्मार्ट डिभाईस प्रयोग गर्नै पर्ने बाध्यतामा रहेकाहरुलाई पनि छुट दिइएको छ । फिनल्याण्ड, फ्रान्स, इटली, चीनलगायतका देशहरुले यस अघि नै विद्यालयमा मोबाइल फोन र स्मार्ट डिभाइस प्रयोगमा प्रतिबन्ध लगाईसकेका छन् ।