११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


अमेरिकाले भारतीय सामानमा थप २५ प्रतिशत लगाएकाे भन्सार महसुल आजदेखि लागू


598
Shares

एजेन्सी । अमेरिकाले भारतका सामानमा बुधबारदेखि थप २५ प्रतिशत भन्सार महसुल लगाउने भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै जारी गरेको नयाँ कार्यकारी आदेश अन्तर्गत भारतविरुद्ध थपिएको कर बुधबारदेखि लागू हुने बताउनुभएको थियो । महशुलको बारमो अमेरिकाको गृह सुरक्षा विभागले हिजो नयाँ भन्सार करसहित सूचना जारी गरेको थियो । अब योसँगै भारतबाट अमेरिका भित्रिने सामानका लागि ५० प्रतिशत भन्सार शुल्क लाग्ने भएको छ ।

अमेरिकाले रुसबाट भारतले तेल खरिद गरिरहेको कारण देखाउँदै भन्सार कर बढाएको हो । भारतले भने ‘यो कार्य अनुचित र तर्कहीन’ भएको बताएको छ । अमेरिकाले भारतविरुद्ध ५० प्रतिशत भन्सार महसुल लगाएकामा चीनले समेत विरोध गर्दै आएको छ ।

गत हप्ता आयोजित एक कार्यक्रममा बोल्दै भारतका लागि चीनका राजदूत सु फेइहोङले भारतीय सामानमा अमेरिकाले लगाएको करविरुद्ध लड्न आफ्नो देशले पनि साथ दिने बताएका थिए । सु फेइहोङले चीन, भारतका साथ दृढतापूर्वक उभिने र बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्ने बताउनुभएको थियो ।