
एजेन्सी । भारतको जम्मुको कटरास्थित वैष्णोदेवी धाम जाने बाटोमा मंगलबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
अचानक बादल फाटेर भएको भीषण वर्षाले वैष्णोदेवी जाने पुरानो बाटोमा पर्ने अर्धकुमारी मन्दिर नजिकै रहेको भोजनालय नजिक पहिरो गएको हो । ठूला-ठूला ढुंगा र रुखसहिको पहिरोमा पुरिएर अधिकांशको मृत्यु भएको छ । घटनामा दुई दर्जन घाइते भएको भारतीय अधिकारीहरुले बताएका हुन् ।
कैयौं अझै वेपत्ता बेपत्ता भएका छन् । पहिरोले ठूलो मानवीय क्षति गरेपछि वैष्णो देवीको यात्रा स्थगित गरिएको हो । सोही क्षेत्रमा घर र खेतहरूमा पानी भरिएको छ । यातायात सेवा पनि नराम्रोसँग प्रभावित भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्