११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


अख्तियारका प्रमुख राईमाथि अनुसन्धानको माग गर्दै अख्तियारमै उजुरी दर्ता


3.081k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अनुसन्धान हुनुपर्ने माग गर्दै अख्तियारमै उजुरी दर्ता भएको छ ।

सिन्धुली कमलामाई नगरपालिकाका युवराज पौडेलले राईमाथि अनुसन्धान गर्नुपर्ने माग गर्दै अख्तियारको कार्यालयमा उजुरी दर्ता गर्नुभएको छ। राईविरुद्धको उजुरी ‘सी–००३४९८’ नम्बरमा दर्ता भएको हो ।

पौडेलले राईमाथि वाइडबडी विमान खरिद अनियमितता, नेपाल आयल निगमको जग्गा खरिद अनियमितता र नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरुले राईको गाडीमा पैसा हालिदिएको विषयमा छानविन गरी कारबाहीको माग गर्नुभएको छ ।

विशेष अदालतले गत हप्ता वाइडबडी विमान खरिद भ्रष्टाचार मुद्दाको पूर्णपाठमा दूषित काम कारबाहीको शुरुवाती निर्णयकर्तामाथि नै अनुसन्धान नभएको, मुद्दा चलाउने क्रममा केहीलाई छान्ने र केहीलाई छाड्ने गरी चयनपूर्ण अभियोजन भएको भनेर न्यायिक टिप्पणी गरेको थियो ।