
काठमाडौं । पर्साको पोखरिया नगरपालिकामा पनि ३ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
पोखरिया अस्पताल पर्साले मंगलबार ३ जनामा हैजा संक्रमण पुष्टि भएको जनाएको हो । झाडापखला लागेर अस्पताल आएका एक बालक र २ जना पुरुषमा हैजा संक्रमण पुष्टि भएको छ । अस्पतालले ३ जना मध्ये एक जनालाई थप उपचारका लागि वीरगञ्ज लगिएको जनाएको हो ।
हैजाको संक्रमण पुष्टि भएका तीनै जना बिरामी वीरगञ्जमा बस्दै आएका र केही दिन अघि मात्रै उनीहरू पोखरीया आएका थिए ।अस्पतालमा दैनिक ७ जना भन्दा बढी झाडापखलाका बिरामी उपचारका लागि अस्पताल आउने गरेको अस्पतालले जनाएको छ ।
उता वीरगञ्ज महानगरपालिकामा हैजा संक्रमितको संख्या १ सय १५ जना पुगेको हो।
प्रतिक्रिया दिनुहोस्