१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


भियतनाममा आँधीको वितण्डा: ६ लाख मानिस विस्थापित


741
Shares

काठमाडौं ।

भियतनाममा काजिकी नामक समुद्री आँधीका कारण झण्डै ६ लाख मानिस विस्थापित भएका छन् ।

पूर्वी भियतनामका विभिन्न स्थानमा आँधीले प्रहार गरेको छ । प्रतिघण्टा ११८ देखि १३३ किलोमिटरको गतिमा आएको आँधीसँगै आएको तुफान र वर्षाले ठूलो भौतिक क्षति समेत गरेको जनाइएकाे छ ।

पूर्वी क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि हजारौं सैनिकलाई तैयारी अवस्थामा राखिएको छ ।

मौसमविद्हरुले आँधीको अझै केही घण्टा रहने भन्दै सतर्क रहन सुझाव दिएका छन् । गत वर्ष यागी नामक आँधका कारण सोही क्षेत्रमा तीन सय जनाको मृत्यु भएको थियो ।