
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले देशलाई विभाजित गर्ने काम गरेको गरेको टिप्पणी गर्नुभएको छ ।
काठमाडौंमा सोमबार काष्ठमण्डप संवाद समापन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । देशभित्र राष्ट्रियसहमति सुनिश्चित नगरीकन गरिएको एमसीसी सम्झौताले मुलुकलाई विभाजित गरेको उहाँले टिप्पणी गर्नुभएको हो । कुनैपनि अन्तर्राष्ट्रिय सन्धि सम्झौता गर्दा संसदलाई पूर्वजानकारी दिनुपर्ने व्यवस्था संविधानमा नै उल्लेख गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताहरु सत्ताधारीहरुको लक्ष्य र चलखेलको विषय बन्नदिन नहुनेमा जोड दिनुभयो ।
नेता खनालले एमसीसी सहयोग परियोजना संघीय संसदबाट लज्जाजनक विषयले पास गरिएको उल्लेख गर्दै भविष्यमा यस्तो हुन नदिने कुरामा सबै सजग हुनुपर्ने बताउनुभएको छ। एमसीसीलाई गृहकार्य, यथोचित छलफल र सहमतिबिना अनुमोदन गरिएकोउल्लेख गर्दै यसलाई संस्था वा मुलुकको हकमा पनि लागू गर्न सकिने नजिरको रुपमा लिननहुनेमा जोड दिनुभयो ।
एमसीसी जस्ता सम्झौताहरु मुलुकको घातक हुने उल्लेख गर्दै उहाँले यस्ता सम्झौता हुनबाट मुलुकलाईहर ढंगले जोगाउनुपर्नेमा जोड दिनुभएको छ । संवादका निष्कर्ष सार्वजनिक गर्दै उहाँले कुनै पनि अन्तर्राष्ट्रिय सम्झौताहरु दबाब र धम्कीमा नभएर बराबरीका आधार गर्नुपर्ने बताउनुभयो । उहाँले परियोजना कार्यान्वयनमा बजेट पारदर्शी हुनुपर्नेतथा एमसीसीलाई स्वायत्त अधिकार दिन नहुने पनि बताउनुभएको हो ।
नेता खनालले भविष्यमा भूराजनीतिक सन्तुलन, छिमेकी र मित्र राष्ट्रहरूसँगको सम्बन्धमा असरहुने गरी सम्झौता गर्न नहुने बताउनुभयो । उहाँले एमसीसी परियोेजना अमेरिकीसुरक्षा रणनीतिको अङ्ग भएकाले नेपालको लागि हानिकारक हुनसक्ने चेतावनी समेत दिनुभएको छ । एमसीसी कार्यान्वयनका क्रममा विदेशी कामदारको निगरानी र प्रवेशाज्ञामा स्पष्टता सुनिश्चित गर्नुपर्नेमा उहाँकाे जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्