९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


भारतमा विपदमा परी ३ सय बढीको मृत्यु, २७ अर्बकाे क्षति


1.3k
Shares

एजेन्सी । भारतमा मनसुन सिजनमा बादल फुट्ने, पहिरो, बाढी र अन्य वर्षा सम्बन्धी घटनाहरूमा परी ३ सय ३ जनाको मृत्यु भएको छ।

उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा पहिरो र बाढीमा उनीहरुको मृत्यु भएको राज्यको विपद व्यवस्थापन प्राधिकरणले जनाएको हो । गत जुन २० तारिखदेखि हालसम्म वर्षा सम्बन्धी घटनाहरूमा १ सय ५५ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण सडक दुर्घटनामा परी १ सय ४८ जनाले मृत्यु भएको प्रधिकरणले बताएको हो ।

पछिल्लो २ महिनामा मनसुनले हिमाचल प्रदेशमा बढी विनाश गरेको छ। मण्डी र कांग्रा जिल्लाहरू सबै भन्दा बढी प्रभावित भएका हुन्। कुल क्षति करिब २७ दशमलव ४३ अर्ब भारतीय रूपैयाँ (३ सय १४ मिलियन अमेरिकी डलर) भएको अनुमान छ । जसमा सार्वजनिक पूर्वाधार र कृषिमा भएको ठूलो नोक्सानी गरेको प्रारम्भिक अध्ययनले देखाएको हो।

जोखिमपूर्ण क्षेत्रका बासीन्दाहरूलाई सतर्क रहन, अनावश्यक यात्रा नगर्न र मनसुनको अवस्था कायम रहँदासम्म आधिकारिक सूचनाहरूको जानकारी लिइरहन सुझाव समेत दिएको प्राधिकरणले जनाएको छ।