
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामाथि भइरहेका भावनात्मक र तथ्यविहीन विरोधप्रति असहमति प्रकट गर्नुभएको छ ।
काठमाडौंमा आइतबार आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले असहमति प्रकट गर्नुभएको हो । उहाँले एमसीसी कार्यान्वयनमार्फत नेपालमा अमेरिकी सैनिक अड्डा स्थापना हुने आशंका निराधार भएको टिप्पणी गर्नुभयो । उहाँले छिमेकी मुलुकहरुको विदेशी कुटनीतिको बारेमा स्पष्ट नहुँदा नेपालले सधैँ घाटा व्यहोरिरहेको उल्लेख गर्नुभएको छ ।
अनावश्यक विश्लेषणको आवश्यकता नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो । नेपालले राष्ट्रहितको आधारमा कुनै देशको सहयोग लिने र कुनै देशको सहयोग नलिने भन्न नहुने उहाँको भनाइ छ । नेपालको विकास र समृद्धिको लागि एमसीसी र बिआरआई दुवै अपरिहार्य रहेको उहाँको टिप्पणी थियो ।
नेपाल जस्तो विकासोन्मुख मुलुकलाई दातृ निकाय वा साझेदार राष्ट्रहरूसँग सहयोगले कुटनीतिक सम्बन्ध बलियो हुँदै जाने उहाँको तर्क छ । त्यसतर्फ सबैको ध्यानाकर्षण हुनु जरुरी रहेको समेत उपाध्यक्ष पाण्डेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्