८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


पाकिस्तानमा कारखानामा आगलागी हुँदा ५ जनाको मृत्यु


0
Shares

काठमाडौं ।

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा रहेको एक पटाका कारखानामा भएको आगलागीमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

३४ जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । अस्पतालका अधिकारीहरूले स्थानीय मिडियालाई बताएअनुसार घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

पाँच जनाको अवस्था गम्भीर रहेको बताएका छन् । प्रहरीले पटाका बनाउन प्रयोग हुने कच्चा पदार्थ भण्डारण गरिएको कारखानाको गोदाममा सर्ट सर्किट भएर आगलागी भएको बताएको छ र जसबाट ठूलो विस्फोट भएको र नजिकैका भवन र सवारी साधनमा व्यापक क्षति पुगेको छ । घटनाको अनुसन्धान गर्न समिति गठन गरिएको प्रहरीले जनाएको छ ।