८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


प्रिमियर लिगमा आर्सनल र टोटनह्याम विजयी


182
Shares

काठमाडौं ।
इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् ।

गएराति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ५–० ले हरायो । आर्सनलको जितमा भिक्टर ग्योकोरेस र जुरियन टिम्बरले दुई–दुई गोल गर्दा बुकायो साकाले एक गोल हानेका छन् ।

जितसँगै आर्सनल दुई खेलबाट ६ अंक जोड्दै प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । समान ६ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ ।

टोटनह्यामले गएरातिको खेलमा म्यान्चेस्टर सिटीलाई उसैको मैदानमा २–० ले हरायो । टोटनह्यामको जितमा ब्रेनान जोन्सन र जोवा पालिन्हाले एक एक गोल गरे ।

गएराति भएका अन्य खेलहरुमा बनर््लेले सण्डरल्याण्डलाई २–० ले हराउँदा बर्नमाउथले वुल्भरह्याम्पटन वान्डरर्स तथा ब्रेन्टफोर्डले एस्टन भिल्लालाई एक शुन्यले हराएका छन् ।