७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


पाकिस्तानमा बाढीका कारण जनजीवन प्रभावित, ७३ प्रतिशत घर पूर्ण रूपमा ध्वस्त


2.028k
Shares

एजेन्सी । पाकिस्तानमा विनाशकारी बाढीका कारण जनजीवन प्रभावित भएकाे छ ।

खैबर पख्तुनख्वा प्रान्तका ब्यूनर र स्वात जिल्लामा गएको बाढीका कारण जनजीवनमा भयावह असर पुर्‍याएको हाे । इस्लामिक राहत संस्थाले गरेको अध्ययन अनुसार सोही क्षेत्रका करिब ६० प्रतिशत परिवारले आफ्नो जीविकोपार्जन गुमाएका हुन् । घर, खेतीयोग्य जमिन र पशुपंक्षीमा पनि व्यापक रुपमा क्षति पुगेको छ ।

इस्लामिक राहत संस्थाको आपतकालीन टोलीले प्रभावित क्षेत्रका मानिसहरूलाई खाद्यान्न र पिउने पानी वितरण गरिरहेको छ । प्राप्त विवरण अनुसार, ७३ प्रतिशत घरहरू पूर्ण रूपमा ध्वस्त वा आंशिक रूपमा क्षतिग्रस्त भएका हुन् ।

ब्यूनर जिल्लामा ६० प्रतिशत र स्वात जिल्लामा ५३ प्रतिशत मानिसहरूले आफ्नो परिवार पालनपोषण गर्न असमर्थ भएका छन् । साथै, ब्यूनरमा ८० प्रतिशत खेतीयोग्य जमिन बाढीले नष्ट भएको हो । करिब आधा पशुपंक्षी मरेका छन् ।

स्वास्थ्य क्षेत्रमा पनि ठूलो समस्या देखिएको पाकिस्तानका संचार माध्यमहरुले जनाएका हुन् ।