
काठमाडौं । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले नेपालको भूमि लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने चीन-भारतबीचको व्यापार सम्झौता दुःखद् भएको बताउनुभएको छ ।
राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चीनका विदेशमन्त्री भारतमा गएर नेपालको भूमि लिपुलेक, कालापानी, लिम्म्पियाधुरामा व्यापार मार्ग खोल्ने सम्झौता गर्नु नेपाल र नेपाली जनताका लागि दुःखद भएको बताउनुभयो । उहाँले यसको बारेमा सरकारले कुटनीतिक नोट लेख्नुपर्ने बताउनुभएको छ।
सांसद ढुंगानाले नेपालको भूमि नेपाललाई नसोधी प्रयोग गर्ने कुरा सह्या नहुने बताउनुभयाे । प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमै चीन र भारतको भ्रमण गर्न लागेका कारण कुटनीतिक तवरले समस्या समाधान गर्नुपर्नेमा उहाँको जोड छ ।
सांसद ढुंगानाले नेपाली जनताले सोचे अनुसारको संघीयता देशमा चल्न नसकेको समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्