
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुभित्र विकृति र विसंगति फस्टाएको बताउनुभएको छ ।
काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । राजनीतिमा रहेको विकृतिलाई समाधान गर्न राजनीतिक दलहरुले नसकेको उहाँको भनाइ छ । सरकारले सुशासन प्रवद्र्धन गर्न नसकेको बताउँदै उहाँले राजनीतिक दल अहिलेको प्रणाली अनुसार अघि बढ्न नसकेको समेत बताउनुभयो ।
संसद अहिले निरीह थलो भएको समेत बताउनुभएको छ । उहाँले कानूनहरु समयानुकुल कस्तो बनाउनुपर्ने भन्नेकुरामा ध्यानपूर्वक अध्ययन नै नभएको जिकिर गर्नुभयो । ठूला दलहरु आफैंले अहिलेको संविधानमा प्रश्न उठाएर संविधान संशोधन गर्ने सहमति गरेता पनि संविधानमा के अभाव रह्यो र के आवश्यकता छ भनेर छलफल समेत गर्न नसकेको उहाँको भनाइ थियो ।
पूर्वराष्ट्रपति भण्डारीले नेपालमा शिक्षा क्षेत्रमा ठूलो समस्या रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्