
काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ ।
सिहदरबारमा बिहीबार बसेकाे साेही समितिकाे बैठकमा विधेयक माथि भएको छलफलबाट नेकपा माओवादी केन्द्र भने बाहिरिएको हाे । माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले विधेयकमाथि फरक मत लेख्ने भएका छन् ।
फरक मत लेखेर शुक्रबार पनि समितिको निर्णयमा हस्ताक्षर गर्न सक्ने संसदीय समितिले जनाएको हो ।
प्रतिक्रिया दिनुहोस्