५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


टप एण्ड टी–२० क्रिकेटमा दोस्रो जित


1.924k
Shares

काठमाडौं ।

अष्ट्रेलियामा जारी टप एण्ड टी–ट्वन्टी क्रिकेट श्रृंखलामा नेपालले दोस्रो जित निकालेको छ ।

अस्ट्रेलियाको डार्विनस्थित काजालिस एरिनामा हिजो भएको खेलमा मेलबर्न रेनेगड्स एकेडेमीलाई ३३ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो ।

जवाफमा १४० रनको लक्ष्य पछ्याएको मेलबर्न २० ओभरमा अलआउट हुँदै १ सय ६ रनमा समेटियो । नेपाललाई जिताउन सोमपाल कामीले सर्वाधिक पाँच विकेट लिए । यो जितसँगै नेपालले पाँच खेलबाट चार अंक जोडेको छ । सुरुका तीन खेलमा पराजित भएको नेपालले पछिल्ला दुई खेलमा लगातार जित निकालेको हो ।

११ टोली सहभागि प्रतियोगिताको अंक तालिकामा नेपाल छैटौं स्थानमा उक्लिएको छ । समुहको अन्तिम खेलमा नेपालले भोलि पाकिस्तान शाहिन्सको सामना गर्नेछ ।