
काठमाडौं । गृहमन्त्री रमेश लेखकले एकतालाई मूल मन्त्र बनाएर अघि बढ्दा नेपाली कांग्रेसलाई कसैले कमजोर पार्न नसक्ने दावी गर्नुभएको छ ।
काठमाडौं बुधबार नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो ।उहाँले कांग्रेस एउटै मूल मन्त्रका साथ अघि बढेको खण्डमा कसैले कमजोर बनाउन नसक्ने बताउनुभयो । लोकतन्त्र राम्रो व्यवस्था रहेको बताउँदै उहाँले यो व्यवस्था ल्याउन धेरै सपुतहरुको ठूलो योगदान रहेको समेत बताउनुभएको छ । उहाँले एकता कुनै अमूर्त विषय नभएको पनि बताउनुभयो ।
कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले विचारमा फरक हुनसक्ने उहाँकाे भनाइ छ । उहाँले मतान्तरहरुमा पार्टीभित्रै बसेर छलफल गर्नुपर्ने जरुरी रहेको समेत बताउनुभयो । पार्टी भन्दा बाहिर प्रतिष्पर्धा भएको समयमा एक ढिक्का भएर उभिनुपर्नेमा उहाँकाे जाेड थियाे ।
गृहमन्त्री लेखकले कांग्रेसका नेताहरु आफैँ आपसमा कमजोर बनाउने काममा लाग्दा पार्टी पनि कमजोर हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्