
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाएको खण्डमा सडक संघर्ष गर्ने चेतावनी दिएको छ ।
संसदका प्रमुख दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख मगरलाई महाभियोग लगाउनका लागि मंगलबार सांसदहरूको हस्ताक्षर संकलन समेत गरेको अवस्थामा रास्वपाले यस्तो चेतावनी दिएको हो ।
एमाले र कांग्रेसले समाजिक लडाइँ लड्दै आएकी एक जनजातिकी छोरीलाई पदमुक्त गर्ने परिपञ्च रचेको रास्वपाका प्रवक्ता मनीष झाले बताउनुभएको छ । यसको नाटक सदनमा रचियो भने जवाफ सडकले दिने उहाँको भनाइ थियाे ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई परिवार, आफन्त र बिचौलियालाई पद बेच्ने गरेको समेत उहाँले आरोप लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्