
काठमाडौं ।
मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा जनता समाजवादी पार्टी, नेपालका कार्यकर्ताले सर्वोच्च अदालतको आदेश विरुद्ध प्रदर्शन गरेका छन् ।
सोमबार साँझ सर्वोच्च अदालतले गौर हत्याकाण्डको छानबिन गर्न परमादेश जारी गरेकोमा सरकारले उपेन्द्र यादवमाथि षड्यन्त्रपूर्वक मुद्दामा फसाउन खोजेको आरोप लगाउँदै सरकारको विरोध प्रदर्शन हुन् ।
जनकपुरधाममा समाजवादी युवा संघको नेतृत्वमा मशाल जुलुस निकालेर रामानन्द चोकमा सडक अवरुद्ध समेत गरेका थिए ।
सर्वोच्चको परमादेश आएलगत्तै धनुषा, सिरहा, सप्तरीलगायतका जिल्लाहरुमा जसपा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले सो मुद्दा फिर्ता नलिए मधेसभरि आगो बल्ने चेतावनी समेत दिएका छन्।
प्रतिक्रिया दिनुहोस्