१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


जर्मन कपको उपाधि बायर्नलाई


0
Shares

काठमाडौं ।

जर्मन सुपर कम फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ ।

जर्मनीको स्टुटगार्टमा गएराति भएको खेलमा घरेलु टोली स्टुटगार्टलाई २–१ ले हराउँदै बायर्न म्युनिखले उपाधि जितेको हो ।
बायर्नलाई सिजनको पहिलो उपाधि दिलाउन ह्यारी केन र लुईस डियाजले एक एक गोल गरे ।

स्टुटगार्टका लेवेलिङले एक गोल फर्काएका थिए । जर्मन सुपर कपमा जर्मनीको शिर्ष डिभिजनको लिग बुन्डेस लिगा र जर्मन कपका विजेताबिच प्रतिस्पर्धा हुने गरेको छ । यो प्रतियोगितालाई जर्मनीमा नयाँ सिजनको सुरुवात मानिन्छ । अर्को हप्ताबाट जर्मन बुन्डेस लिगा सुरु हुँदैछ ।