
काठमाडाैं ।
इङ्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आजबाट सुरु हुँदैछ । प्रिमियर लिगको आगामी सिजनको उद्घाटन खेलमा साबिक विजेता लिभरपुलले बर्नमाउथको सामना गर्नेछ । खेल लिभरपुलको मैदान एन्फिल्डमा राती पौने १ बजे सुरु हुनेछ ।
प्रशिक्षक आर्ने स्लटको प्रशिक्षणमा रहेको लिभरपुलले यो सिजन थुप्रै नयाँ खेलाडीहरु क्लबका अनुबन्ध गरेको छ । नयाँ जोश र शैलीको लिभरपुललाई यो सिजन पनि प्रिमियर लिगको उपाधिको मुख्य दावेदार मानिएको छ ।
पहिलो चरणका अन्य खेलहरुमा भोलि म्यान्चेस्टर सिटी र वुल्भरह्याम्पट वान्डरर्स भिड्दा टोटनह्याम हट्सपर र बर्न्ले, एस्टन भिल्ला र न्युकासल युनाइटेड, सण्डरल्याण्ड र वेष्ट ह्याम युनाइटेड तथा ब्राटन र फुल्हमबिच खेल हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्