२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


गाजामा इजरायली आक्रमण: एकै दिन १ सय बढीको मृत्यु


377
Shares

काठकाडौं ।

इजरायली सेनाको आक्रमणमा गाजामा पछिल्लो २४ घण्टामा कम्तिमा १ सय प्यालेस्टिनीको मृत्यु भएको छ ।


स्वास्थ्य अधिकारीहरुका अनुसार एन्क्लेभको उत्तरी क्षेत्रमा भएको भीषण आक्रमणमा एक ठाउँमा ६१ जनाको मृत्यु भएको हो ।
यसैगरि गाजा शहरको उत्तरमा रहेको सहायता वितरण केन्द्रहरुलाई सुरक्षा दिइरहेकाहरुमाथि गरिएको सेनाको आक्रमणमा १२ जनाको ज्यान गएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

यसैगरि आफ्ना परिवारका लागि खानाको पर्खाइमा रहेका कम्तिमा ३७ जना प्यालेष्टेनीको सेनाको गोली लागेर मृत्यु भएको दक्षिणी गाजाको नासेर अस्पतालले जनाएको छ । आक्रमणमा १ सय १३ जना घाइते भएको अस्पतालले जानकारी दिएको छ । गाजामा भोकमरि र कुपोषणको अवस्था पनि डरलाग्दो बन्दै गएको छ ।

पछिल्लो २४ घण्टामा भोकमरी र कुपोषणका कारण तीन बालबालिकासहित कम्तीमा आठ जनाको मृत्यु भएको छ । गाजामा युद्धसुरु भएदेखि भोकमरी र कुपोषणले मृत्यु हुनेको संख्या संख्या २ सय ३५ पुगेको छ । जसमा १ सय ६ बालबालिका रहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।