
टर्किएको उत्तरपश्चिमी कानाक्कले प्रान्तमा डढेलो फैलिएको छ । डढेलो फैलिएपछि यातायात अवरुद्ध भएको छ ।
उक्त स्थानबाट हजारौँ मानिसहरूलाई खाली गरिएको छ । धुवाँबाट निस्सासिएका कारण कुल ७७ जनाको उपचार भइरहेको छ । दुई स्थानमा आगो लागेको थियो ।
जुन आवासीय क्षेत्रहरूमा फैलिएको छ । जमिन र समुन्द्री मार्गबाट उच्च जोखिम क्षेत्रहरूबाट २ हजार ९० बासिन्दाहरूलाई बाहिर निकालिएको थियो । आगलागीका कारण राजमार्गको एक भाग पनि बन्द गरिएको छ ।उत्तरपश्चिमी स्पेनी क्षेत्र कास्टिला वाई लियोनमा डढेलो फैलिएको छ ।
अधिकारीहरूले अत्यधिक गर्मी र सुख्खा अवस्थाका कारण दर्जनौं आगोसँग लडिरहेको बताएका छन् ।शनिवार दिउँसोबाट शुरु भएको डढेलो अझै नियन्त्रणमा आइसकेको छैन । युनेस्कोको विश्व सम्पदा स्थल लास मेडुलासमा समेत आगो पुगेको छ । अर्को डढेलोले जामोरा प्रान्तमा लगभग ८५० जनालाई खाली गर्न बाध्य पारेको छ ।
कास्टिला वाई लियोनले सप्ताहन्तमा विभिन्न आकारका ३० भन्दा बढी डढेलो रेकर्ड गरेको छ । स्पेनले १९७५ मा रेकर्ड शुरु भएदेखि नै सबैभन्दा लामो र सबैभन्दा तिब्र गर्मीको लहर सहिरहेको छ ।
यस क्षेत्रमा तापक्रम ३५ डिग्री सेल्सियस नाघेको छ । उत्तरी क्षेत्र नाभारा र दक्षिणपश्चिमी प्रान्त हुएल्भामा पनि आगलागीका घटनाहरू रिपोर्ट गरिएका छन् । युरोपेली वन अग्नि सूचना प्रणालीका अनुसार २०२५ मा अहिलेसम्म स्पेनमा ४६ हजार हेक्टरभन्दा बढी जमिन जलेको छ ।
प्रतिक्रिया दिनुहोस्