Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


राष्ट्रिय महिला क्रिकेटको जर्सी प्रायोजनका लागि आवेदन खुला


312
Shares

काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि दरखास्त आह्वान गरेको छ।

प्रायोजन रकम न्यूनतम वार्षिक ६० लाख रुपैयाँ तोकिएको छ भने अवधि तीन वर्ष रहनेछ। आवश्यक परे आपसी सहमतिमा अवधि थप्न सकिने क्यानले जनाएको छ। प्रायोजनअनुसार प्रायोजक कम्पनीको लोगो टोलीको जर्सीको अगाडि रहनेछ।

क्यानले भदौ १४ गते बिहान ११ बजेसम्म आवेदन दिने म्याद तोकेको छ। आवेदन दिन चाहने इच्छुकले ३० हजार रुपैयाँ धरौटी बुझाउनुपर्नेछ। साथै, आवेदनका साथमा कम्पनी दर्ता प्रमाणपत्र, भ्याटरप्यान प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, व्यवसाय सञ्चालन इजाजतपत्र, कम्पनीको प्रोफाइल र प्रायोजनको अनुभव भएमा त्यससम्बन्धी कागजात अनिवार्यरूपमा बुझाउनुपर्नेछ।

यसअघि क्यानले पुरुष क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि आवेदन आह्वान गर्दै नासा सेक्युरिटिजलाई प्रायोजकको रूपमा छनोट गरिसकेको छ।