२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


दक्षिण कोरियाकी पूर्व प्रथम महिला पक्राउ


1.963k
Shares

एजेन्सी ।

दक्षिण कोरियाकी भूतपूर्व प्रथम महिला किम गन हीलाई अदालतको आदेशपछि पक्राउ गरिएको छ।

शेयर बजारमा अनुचित प्रभाव पारेको, चुनावमा हस्तक्षेप गरेको र घुस लिएको गम्भीर आरोपमा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। किमले भने आफूविरुद्ध लगाइएका सबै आरोप अस्वीकार गरेकी छिन्।

यो पक्राउ गत महिना उनका श्रीमान् र पूर्वराष्ट्रपति यून सुक यउललाई पुनः पक्राउ गरिएको पृष्ठभूमिमा भएको हो। पूर्वराष्ट्रपति यउललाई गत वर्ष असफल मार्शल कानुन लागू गर्न खोजेको, राजनीतिक उथलपुथल निम्त्याएको, र आफ्नै दलका शीर्ष नेताहरूलाई गिरफ्तार गर्न आदेश दिएको आरोपमा संवैधानिक अदालतले महाभियोग सदर गर्दै पदच्युत गरेको थियो। उनी सत्ताच्युत भएपछि गत महिना पुनः पक्राउ परेका थिए ।