Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


उत्तराखण्ड बाढीमा २६ जना बेपत्ता नेपालीकाे नाम सार्वजनिक (सूचीसहित)


2.8k
Shares

एजेन्सी ।

भारतको उत्तराखण्डमा गएको बाढी–पहिरोमा २६ जना नेपाली नागरिक बेपत्ता भएका रहेको दूतावासले जनाएको छ । दिल्लीस्थित नेपाली दूतावासका अनुसार उत्तरकाशीको धरालीमा २१ जना र पौडीगढवालको बंकुरामा पाँच जना बेपत्ता भएकाे बताएका हुन् ।

धरालीमा हराउनेहरू प्रायः होटल र स्याउ फार्ममा काम गर्न गएका नेपालीहरू हुन्। बाढीले गंगोत्री मार्गअन्तर्गत धराली बजार पूर्ण रूपमा क्षति पुर्‍याएको छ। खोजी कार्य तीव्र पारिएको दूतावासले जनाएको छ।
उत्तरकाशीको धराली क्षेत्रमा गएको मङ्गलवार आरीघोप्टे वर्षापछि खिरगंगा नदीमा आएको बाढीले गंगोत्री मार्गमा पर्ने धराली बजार तहसनहस गरेको छ ।

धराली क्षेत्रमै होटेल तथा स्याउ फार्ममा काम गर्न गएका नेपालीहरु बाढीमा परेको अनुमान गरिएको छ । धराली क्षेत्रमा फोन र विद्युत सेवा शुरू भएपछि खोजीको काम तीव्र भएको छ ।