
काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले सांसद सोनम गेल्जेन शेर्पाले विदेश पलायन नेपालको मात्रै समस्या नभएको बताउनुभएको छ ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै सांसद शेर्पाले अहिले केही भएन भन्ने भ्रम फैल्याइएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले कसैले पनि सकारात्मक कुरा नगरेको भन्दै सकारात्मक सोच राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले पहिला हिमाली भेगमा बसोवास गर्ने मानिसहरु वर्ष दिनमा एक पटक पनि ननुहाउने गरेको भन्दै अहिले हिमालमै पनि प्रत्येक दिन नुहाउने गरेको बताउनुभयो । यो एउटा उपलब्धि भएको बताउनुभयो । उहाँले हिमाली क्षेत्रका बासिन्दाहरुको आर्थिक अवस्थामा पनि सुधार आएको बताउनुभयो ।
सांसद शेर्पाले अवसर देखिने ठाउँमा जो कोही पनि जाने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्