३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


काठमाडौं महानगरपालिकाले कवाड व्यवसायमाथि गैरकानूनी धरपकड गरेको भन्दै सांसद यादवको आपत्ति


819
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायमाथि गैरकानूनी धरपकड गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद यादवले अदालतको आदेश विपरीत र कायरतापूर्ण ढंगले व्यवसायीमाथि कारबाही गरिएको भन्दै उक्त कार्य तत्काल रोक्न चेतावनी समेत दिनुभयो । उहाँकाअनुसार रौतहटको राजदेवी नगरपालिकाका स्थायी बासिन्दा तथा हाल काठमाडौं महानगरपालिका–४ मा कवाडी व्यवसाय गर्दै आएका राजाराम शाहको पसलमा महानगरले डोजर लगाएर तोडफोड गरेको छ । उहाँले कदमलाई गैरकानूनी रुपमा कवाड व्यवसायीमाथि कारबाही गरिरहेको भन्दै दोषीमाथि कारबाही गर्न सरकारसमक्ष माग गर्नुभयो ।

सांसद यादवले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन कृषि मन्त्रीको समेत ध्यानाकर्षण गराउनुभयो ।