
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले सरकारले एक वर्षे कार्यकालमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो नमूना प्रदर्शन गरेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद ज्वालाले प्रधानमन्त्री र मन्त्रीहरूले अहिलेसम्म सम्पती विवरण सार्वजनिक नगरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले भ्रष्टाचारको डिग्री दिनहुँ उकालो लागिरहेको भन्दै भिजिट भिसामार्फत हुने तस्करीले नेपालाई दुनियाँसामु बद्नाम गराएको आरोप लगाउनुभयो ।
सांसद ज्वालाले सहकारी पीडित र मिटरब्याज पीडितले न्याय नपाएको, शिक्षा विधेयक समितिमा वन्धक बनेको, जनविरोधी अध्यादेशमार्फत शासन चलाउने बढेको भन्दै सरकारको आलोचना गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्