
काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलका प्रमुख पुष्पकमल दाहालको सरकारबाट बाहिरिनुको पीडा अझै नहटेको टिप्पणी गर्नुभएको छ ।
सोमबार संसद भवन परिसमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलालले अध्यक्ष दाहालले संसदको रोष्ट्रमबाट पीडावोध गरेर गएको टिप्पणी गर्नुभएको हो । उहाँले अध्यक्ष दाहालको सम्बोधन पूर्वाग्रह र आक्रोशबाट प्रेरित भएको दाबी पनि गर्नुभयो । उहाँले हाल वर्तमान संविधान र व्यवस्थालाई कमजोर पार्ने प्रवृत्ति सक्रिय भइरहेका बेला विपक्षी दलका नेताले सरकारको सकारत्मक कामको प्रशंसा र आवश्यक सुझाव दिनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष दाहालले आफूलाई मन नपर्ने सबैलाई बिचौलिया देखेको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्