२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सात बुँदे समझदारी कार्यान्वयनका सम्बन्धमा एमाले-कांग्रेसबीच कुनै समस्या छैन : बर्तौला


533
Shares

काठमाडौं । नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले सात बुँदे समझदारी कार्यान्वयनका सम्बन्धमा प्रमुख सत्तारुढ दलहरु एमाले-कांग्रेसबीच कुनै समस्या नरहेको बताउनुभएको छ ।

सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले दुई दलहरुबीच मजबुत समझदारी भएको दोहो¥याउँदै अन्य दलहरु सरकारमा आउने र छोड्ने प्रक्रियालाई स्वभाविक रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले संविधान संशोधन गर्ने निष्कर्षमा दुई दलहरु पुगिसकेको उल्लेख गर्दै के कुरामा संशोधन गर्ने भन्ने विषयमा आवश्यक छलफल हुनुपर्ने पनि बताउनुभयो । संविधान संशोधनको प्रक्रियालाई निष्कर्षमा पु¥याउने गरेर सत्तारुढ दलहरु अगाडि बढ्ने उहाँको दाबी छ ।

अनुकुल समयमै सबै दलहरुको सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने कुरामा सरकार प्रतिवद्ध रहेको प्रमुख सचेतक बर्तौलाको भनाइ छ ।