Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


नेकपा (एकीकृत समाजवादी) विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा थापा निर्वाचित


1.5k
Shares

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) निकट विशेष जिल्ला कमिटी अध्यक्षमा अशोक थापा निर्वाचित हुनुभएको छ ।

शुक्रबार सम्पन्न भएको अधिवेशनबाट थापाको नेतृत्वमा ४१ सदस्यीय कमिटी गठन भएको हो ।

नेकपा (एकीकृत समाजवादी)को ५औं विद्यार्थी जिल्ला कमिटी अधिवेशन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।

अधिवेशनबाट विभिन्न १३ वटा इलाका कमिटीबाट १५० जना प्रतिनिधि रहेका थिए भने पार्टी सचिव माननीय शेरबहादुर कँवर, स्थायी कमिटी सदस्य विश्वनाथ प्याकुरेल, पोलिटब्यूरो सदस्य एवंम विद्यार्थी जिल्ला कमिटीका अध्यक्ष मोहन गौतम, पोलिटब्यूरो सदस्य तथा विद्यार्थी जिल्ला कमिटीका अध्यक्ष सुदेश पराजुली, पोलिटब्यूरो सदस्य जीवन राई उपत्यका प्रदेश कमिटीका अध्यक्ष विष्णु लामिछाने, पार्टी केन्द्रीय सदस्य माधव पन्त, यशु लामा संगिता पाख्रिन लगायतका नेता उपस्थित रहेका थिए ।